22 Oct, 2024, Tue info@dccbhojpur.gov.np (+९७७)-०२९-४२०१४२
/ भाेजपुरकाे धार्मिक स्थलहरु

भाेजपुरकाे धार्मिक स्थलहरु

अध्यावधिक मिति २०८१ जेठ १ गते मंगलबार

मध्ये पहाडी राजमार्गले छाेएकाे हुँदा नेपालको राजधानीसम्म अावागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई कम्तिमा एक पटक भोजपुर भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरी यस नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिराे अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ भने नगरको मध्यभागमा रहेको सिकद्धकालीको मन्दिर रहेको छ जसको दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ ।  टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले  उत्तिकै महत्वपूर्ण रहेकाछन् । पेशागत वस्तु उत्पादनका हिसावले यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ भने करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ जुन क्षेत्रहरु यसै नगरपालिका तथा आसपासका गाविसहरु पर्दछन् । यस नगरको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार, अधिकांश समुदाय कृषिमा आश्रित रहेकाछन् । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् । यस नगरको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको छ । यो नगर आफैंमा सम्भावना र अवसरको रुपमा रहेको छ भने चुनौतिहरु पनि त्यतिकै बग्रेल्ती रहेका छन् । यस नगरपालिकाको भौगोलिक अवस्तिी, नामाकरण तथा अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २७ गते आइतबार