नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२/०८/०८ गते स्वीकृत “जनताको संविधानः जनताकै माझमा” भन्ने मूल नारा सहित राष्ट्रव्यापी प्रचार अभियानको अवधारणा अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट परिपत्र भइ आएबमोजिम जिल्ला विकास समितिको कार्यालय भोजपुरको आयोजनामा जिल्लामा क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघ, पेशागत संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा पदाधिकारीहरु, विभिन्न जिल्ला समन्वय समितिका उपाध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मीहरु तथा नागरिक समाजका अगुवाहरु लगायतका महानुभावहरु जिल्ला विकास समितिको कार्यालय, सामुदायिक भवनमा बृहत भेला भई प्रचार प्रसार गरिएको थियो। उक्त कार्यक्रम जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो भने माननीय सुचना तथा संचार मन्त्री, नेपाल सरकारका प्रवक्ता श्री शेरधन राई ज्यू प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमका केही दृश्यहरु