आगामी आ.ब. ०७३/०७४ को लागि बार्षिक कार्यक्रमहरु सार्वजनिक गर्दै यहि मिति २०७२/११/१४ गते २४ औँ भोजपुर जिल्ला परिषद बैठक सम्पन्न भएको छ। आगामी आ.ब.को लागि जिल्ला विकस समिति, विषयगत कार्यलयहरु र जिल्लामा कार्यारत प्रमुख गैर सरकारी संघसंस्थाहरु गरि एकिकृत बार्षिक बजेट जम्मा रु २,२३,८५,४०,४१०|- हुने अनुमान गरिएको छ। यस अन्तर्गत संस्थागत श्रोत तथा क्षमता विकास समिति(जि.वि.स र गा.वि.स) तर्फ रु ४९,८१,८०,४१०|-(२२.२५%), भौतिक पुर्वाधार तथा संरचना विकास समिति(जिल्ला खानेपानी कार्यालय र सिंचाई) तर्फ रु ३९,३९,९१,०००|-(१७.६%), आर्थिक विकास समिति(जिल्ला कृषि विकास कार्यलय, जिल्ला पशुसेवा कार्यलय, घरेलु तथा साना उद्धोग विकास समिति) तर्फ रु ६,५६,१६,०००|-(२.९४%), सामाजिक विकास समिति(जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय, जिल्ला आयुर्वेद कार्यालय र अन्य कार्यलय) रु १,२३,२६,०३,०००|-(५५.०६%), वन तथा वातावरण समिति(जिल्ला वन कार्यालय र जिल्ला भुसंरक्षण कार्यालय) तर्फ रु ४,८०,५०,०००|-(२.१५%) रहेको छ।
कार्यक्रमको प्रमुख अातिथ्यता मननीय सुचना तथा संचार मन्त्री श्री शेरधन राई ज्यूले गर्नुभएको थियो।
कार्यक्रमको केहि दृश्यहरु