जिल्ला विकास समिति/जिल्ला प्राविधिक कार्यालय भोजपुर अन्तर्गत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (SNRTP) बाट सञ्चालित भोजपुर मानेभञ्ज्याङ रानीवास घोरेटार सडकको प्रथम प्याकेजको लागि मिति २०७२।३।२५ र भोजपुर दिङला मुलपानी केउरेनीपानी सडकको प्रथम प्याकेजको लागि मिति २०७२।२।३ मा आम सडक सरोकारवालाहरु तथा स्थानीय सडक उपभोक्ता समितीहरु सँगको आम भेलामा सर्वसम्मत निर्णय भए अनुसार सडकको केन्द्रविन्दुबाट दाँया ३ र बाँया ३ मिटर गरी जम्मा ६ मिटरको सडकपेटी कायम गर्नका लागि नापी कार्यालय भोजपुरले नापी नक्साङकन तयार गरेको प्रतिवेदन अनुसार स्थानीय सडक उपभोक्ता समितिको रोहवरमा अधिकाँश जग्गाधनिहरुवाट सामुहिक तथा व्यत्तिगत स्वेच्छिक जग्गादान मञ्जुरनामा फारम संकलन भैसकेकाले जग्गा प्राप्ति ऐन २०३४ को दफा २६ र २७ तथा परियोजनाको वातावरणीय तथा समाजिक रुपरेखा ESMF(Environment and Social Management Framework-2070) को वुंदा ३.६०, ३.६१, ३.६२, ३.६३, ३.६४, र ३.६५ को प्रयोजनको लागि सम्वन्धित सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । उपरोक्त वमोजिम स्वेच्छिक जग्गादान मञ्जुरनामा दिन वाँकी रहेका र सूचनामा नाम छुट भएका जग्गाधनिहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र कुनै दाविविरोध वा सुझाव भएमा आ–आफनो हकदैया वा भोगचलन सम्वन्धि सवुत निस्सा वा प्रमाण सहित जिल्ला प्राविधिक कार्यलय भोजपुरमा सम्पर्क गर्न आउनु होला , अन्यथा (ESMF) को नियम ३.५२ तथा जग्गा प्राप्ति ऐन २०३४ को दफा २६ र २७ वमोजिम सडकको नाममा लगत कट्टा भई श्रेस्ता कायम हुने व्यहोरा सम्वन्धित सवैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
लगतकट्टा गर्नुपर्ने जग्गादाताहरुको विवरणको लागि तल दिइएको PDF file डाउनलोड गर्नुहोस्।